२०८१ बैशाख ७ , शुक्रवार

शेयर बजारमा २२ अंकको वृद्धि

सुनाखरी न्युज/ काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको दोस्रो कारोबारको दिन सोमबार दोहोरो अंकको वृद्धि भएको छ । केही सातादेखि निरन्तर रुपमा ओरालो लागेको शेयर बजारमा आज दोहोरो अंकको सुधार देखिएको हो ।

 

आज नेप्से २२.६५ अंकले बढेर एक हजार ९ सय ४९ दशमलब ०६ विन्दुमा पुगेको हो । आइतबार नेप्से ६.९० अंकले घटेर एक हजार ९ सय २६ दशमलब ४० विन्दुमा बन्द भएको थियो । त्यस्तै, आज नेप्सेमा एक अर्ब २९ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा एक अर्ब ६ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका १७८ कम्पनीको शेयरमूल्य बढेको छ भने ३३ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै तीन कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

 

नेप्सेका अनुसार घटेको बजारमा एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १९४१ रुपैयाँ पुगेको छ । नेप्सेका अनुसार सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी आईएमई जनरल इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज ७ करोड ६३ लाख भन्दा बढीको कारोबार भएको छ ।