२०८१ बैशाख १३ , बिहिवार

राहदानी विभागको सेवा भोलि बन्द नहुने

सुनाखरी न्युज/ काठमाडौं। राहदानी विभागले भोलि मंगलबार पनि सेवा दिने भएको छ ।

 

सरकारले घोडेजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएपनि राहदानी विभागले भने सेवा दिने भएको हो ।

 

एक सूचना जारी गर्दै विभागले मंगलबार बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म कार्यालय खोलिने जानकारी दिएको छ ।