२०८१ बैशाख १३ , बिहिवार

म्युट गर्‍यो छक्कापञ्जा ४ ले सहकारी बारेको संवाद

सुनाखरी न्युज/ काठमाडौं। फिल्म ‘छक्कापञ्जा ४’ मा समावेश ‘सहकारी’ उल्लेख भएको संवादलाई ‘म्युट’ गरिएको छ । नेपाल सहकारी महासंघको आग्रहलाई स्वीकार गरेर उक्त शब्दमा ‘बीप’ हालिएको अभिनेता तथा निर्माता दीपकराज गिरीले जानकारी दिए ।

 

‘फिल्म रिलिजकै दिनदेखि सहकारी महासंघ र त्यससँग सम्बन्धित व्यक्तिहरुले त्यो शब्द नराखिदिन अनुरोध गर्नुभएको थियो । उहाँहरुको गाम्भीर्यलाई ध्यानमा राखेर सहकारी भन्ने शब्दलाई म्युट गरिएको हो,’ गिरीले अनलाइनखबरसँग भने, ‘अहिले बिप हालेर म्युट गरिएको छ ।’

 

गत साता सहकारी महासंघले चलचित्र विकास बोर्डमा पत्र लेख्दै छक्कापञ्जा ४ को उक्त संवादप्रति ध्यानाकर्षण भएको जनाएको थियो भने सहकारी सञ्चालकहरुले निर्मातालाई त्यो शब्द हटाइदिन आग्रह गर्दै आएका थिए । सबैभन्दा पहिले सिते बा नामले चर्चित कलाकार मधुसुदन पाठकले सामाजिक सञ्जालबाट उक्त आग्रह गरेका थिए । फिल्मको एक रोमान्टिक दृश्यमा ‘सहकारी’ शब्द समावेश थियो ।