२०८१ बैशाख ११ , मंगलबार

ह्वाट्सएपमा गज्जबको फिचर, अब फोटोबाटै कपी गर्न सकिन्छ टेक्स्ट

सुनाखरी न्युज/ काठमाडौं। सर्वाधिक लोकप्रिय इन्स्ट्यान्ट मेसेजिङ प्लाटफर्म ह्वाट्सएपले एउटा नयाँ तथा गज्जबको फिचर थप गरेको छ । ह्वाट्सएपले आइओएस प्रयोगकर्ताका लागि सो फिचर जारी गरेको हो, जुन निकै नै उपयोगी हुने देखिन्छ ।

 

यो फिचरको मद्दतले अब आइओएस प्रयोगकर्ताले ह्वाट्सएपमा प्राप्त फोटोमा लेखिएको अक्षरलाई मात्र कपी गर्न सक्नेछन् । यद्यपि आइओएसमा यो फिचर पहिलेदेखि नै रहेको छ । तथापि ह्वाट्सएपले भने पहिलोपटक आफ्नो प्लाटफर्ममा यो फिचर जोडेको हो । यसबाट प्रयोगकर्ताले सिधै ह्वाट्सएपबाटै टेक्स्ट कपी गर्न सक्दछन् ।यो नयाँ फिचर सहितको अपडेट फेसबुकको बिटा भर्सनको हिस्सा होइन । कम्पनीले नियमित प्रयोगकर्ताका लागि यो फिचर जारी गरेको हो । यो फिचरका बारेमा WeBetaInfo ले समाचार प्रकाशित गरेको हो । आइओएस प्रयोगकर्ताले यो फिचर प्राप्त गर्नका लागि एप स्टोरमा गएर आफ्नो ह्वाट्सएपलाई अपडेट गर्नुपर्नेछ ।

 

त्यस्तै ह्वाट्सएपले अन्य विभिन्न फिचर पनि सुरुवात गरेको छ । त्यसमध्येको एउटा फिचर अडियो स्टाटस फिचर हो । जसमा प्रयोगकर्ताले ह्वाट्सएप स्टाटसमा भ्वाइस नोट शेयर गर्न सक्नेछन् ।कम्पनीले हालैमात्र यो फिचर आफ्नो प्लाटफर्ममा थपेको हो । ह्वाट्सएपको भ्वाइस स्टाटस निश्चित स्रोताका लागि मात्रैपनि शेयर गर्न सकिन्छ । अर्थात् ह्वाट्सएपको आफ्नो अडियो स्टाटस कसलाई सुनाउने र कसलाई नसुनाउने भनने कुराको छनोट तपाइँले गर्न सक्नुहुन्छ । यसमा अडियो अधिकतम ३० सेकेण्ड लामो हुन्छ ।साथै हट्सएपले स्टाटस रियक्सन फिचर पनि थपेको छ । जसबाट प्रयोगकर्ताले अब अरुको स्टाटसमा रियक्ट गर्न सक्नेछन् । ह्वाट्सएपको स्टाटस अब प्रोफाइलमा गोलाकारको रुपमा देखिन्छ ।एजेन्सी