२०८० चैत्र १६ , शुक्रवार

संसारमै पहिलो चोटि २४० वाटको चार्जिङ प्रविधि ल्याउँदै रियलमी

सुनाखरी न्युज/ काठमाडौं । सबैभन्दा बढी विश्वसनीय टेक्नोलोजी ब्रान्ड रियलमीले आफ्नो आउँदो फ्लागशिप स्मार्टफोनमा २४० वाटको चार्जिङ सपोर्ट हुने जनाएको छ । जुन अहिलेसम्मकै सबैभन्दा छिटो हो।

 

यो सँगै रियलमीविश्वमोबाइलउद्योगमै सबैभन्दा बढी पावरको चार्जिङ टेक्नोलोजीप्रदान गर्ने स्मार्टफोन ब्रान्ड हुने भएको छ। कटिङ एज चार्जिङ सोलुसनयुक्त यो नयाँँप्रविधिले फोनलाई सुरक्षित र छरितो तरिकाले चार्ज गर्छ, जसले उपभोक्ताहरुलाई राम्रो अनुभवप्रदान गर्छ। ९८.७% को अत्यधिक उच्च पावर कन्भर्सन रेट भएको यस २४० वाटको इनोभेटिभ चार्जिङ आर्किटेक्चरले लो भोल्टेजमा नै सुरक्षित तरिकाले चार्ज गर्न सक्छ। यतिमात्रनभएर रियलमीले संसारमै पहिलोपल्ट १२ एम्पियरको चार्जिङ केबल पनिल्याउँदै छ जुन मोबाइल उद्योगमै अहिले सम्मको सबैभन्दा राम्रो र उच्च स्ट्यान्डर्डको हो ।

 

यो सँगै रियलमीले आफ्नो डेयर टु लिपमान्यतालाई अझै बलियो बनाउँदै फास्ट चार्जिङलाई एउटा अर्को उचाइमा पु¥याएको छ। यो भन्दा अगाडि रियलमीले २०२१ मा आफ्नो नम्बर सिरिजमा ६७ वाटको चार्जिङ प्रविधिअपनाउँंदै मिड रेन्ज सेग्मेन्टमा फास्ट चार्जिङको सुविधादिएको थियो । त्यस्तै २०२२ मापनिआफ्नो लोकप्रियमोडल रियलमी जिटि नियो ३ मार्फत समस्तमोबाइलउद्योगमै पहिलो पल्ट १५० वाटको फास्ट चार्जिङको सुविधादिएको थियो, जसमा २० मिनेटमै शुन्यबाट शतप्रतिशत सम्म मोबाइल चार्ज हुन सक्थ्यो ।