२०८१ बैशाख ६ , बिहिवार

‘अब के गर्नु हुन्छ ?’ भन्दै सोधिएको प्रश्नमा रविले भने, ‘म अनागरिकसँग प्रश्नको जवाफ छैन’

सुनाखरी न्युज/ काठमाडौं । सर्वाच्च अदालतको फैसलासँगै सबै पद गुमाएका रवि लामिछानेले सर्वोच्चको फैसलालाई स्वागत गर्ने बताएका छन् ।

सांसद पद खारेज भएसँगै उपप्रधान एवं गृहमन्त्री पद गुमाएका लामिछानेले मन्त्रालयबाट बाहिरिने क्रममा आफू अदालतको फैसलालाई स्वागत गर्ने बताएका हुन् । सञ्चारर्मीसँग उनले भने, अदालतको फैसलालाई स्वागत गर्छु, स्वीकार गर्छु ।’

 

सञ्चारकर्मीले लामिछानेलाई सर्वाेच्चको आदेशपछि ‘अब के गर्नुहुन्छ’ भन्दै प्रश्न गरेका थिए । प्रश्नको जवाफमा लामिछानेले भने, ‘एउटा अनागारिकलाई किन प्रश्न गरिरहनुभएको छ।….अदालतको फैसलालाई स्वागत गर्छु, स्वीकार गर्छु। पार्टीको सभापति रहिँन, म केही पनि होइन, म कहिँको पनि होइन।…एउटा परिचय नभएको अनागरिकलाई किन प्रश्न गरिरहनुभएको छ।’