२०८० चैत्र १६ , शुक्रवार

पर्यटन प्रवर्द्धनका लागि राति १२ बजेसम्म व्यवसाय गर्न छुट: गृहमन्त्री खाँण

सुनाखरी न्युज/ भैरहवा ।
नेपालको पर्यटन प्रवर्द्धन र अर्थतन्त्र चलायमान बनाउन मुलुकको जुनसुकै स्थानमा रहेका होटेल, रेष्टुरेन्ट लगायतका व्यवसाय राति १२ बजेसम्म संचालन गर्नका लागि सरकारले अनुमति दिएको  गृहमन्त्री बालकृष्ण खाँणलेबताएका छन् ।

 

भैरहवामा सुरु भएको आठौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०७९ को शुक्रबार उद्घाटन गर्दै गृहमन्त्री खाँणले यसभन्दा अघि राति १० बजेसम्म खोल्ने र त्यसपछि बन्द गर्ने प्रचलनमा रहेका कफी सप, पान पसल, बेकरी पसल, रेष्टुरेन्ट तथा होटेल राति १२ बजेसम्म संचालन गर्न पाउने गरी मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको उनले बताए ।

‘अब ती पसलमा सरकारको तर्फबाट स्थानीय प्रशासन र सुरक्षाकर्मीले सहयोग पुर्‍याउने छन्,’ खाणले भने, ‘यस बारेमा प्रमुख जिल्ला अधिकारीहरुलाई परिपत्र आइसकेको होला, यदि नआएको भए आउने छ ।’

हाल उद्यमी व्यवसायीले भोग्नु परेको आर्थिक मन्दी र आर्थिक संकटको निकासका लागि सरकार प्रतिबद्ध रहेको र अब बन्ने नयाँ सरकारले यस विषयलाई पहिलो प्राथमिकतामा राखेर समस्या समाधान गर्नु पर्ने पनि उनले बताए ।

 

भैरहवाममा संचालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नेपालकै एउटा आर्थिक विकासको केन्द्र बनाउने पहल सरकारले गरिरहेको पनि खाँणले बताए ।