२०८० चैत्र १६ , शुक्रवार

भ्रष्टाचार नियन्त्रणमा प्रतिबद्धता आवश्यक छ: प्रधानमन्त्री देउवा

सुनाखरी न्युज/ काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको बताएका छन् । ख्तियार दुरूपयोग अनुसन्धान आयोगले  भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुक्रबार अआयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले यस्तो प्रतिक्रिया दिएका हुन् ।

 

भ्रष्टाचारका बहुआयामिक स्वरूप, कारण र प्रभाव हुने भन्दै देउवाले भ्रष्टाचारको नियन्त्रण हरेक दिन चुनौतीपूर्ण बन्दै गएको बताए ।

 

भ्रष्टाचारविरुद्धको अभियानमा राज्यका सबै संयन्त्र, अदालत, नागरिक समाज र सञ्चार क्षेत्रलगायतको भूमिका र सक्रियता आवश्यक रहेको पनि उनको भनाइ थियो । साथै भ्रष्टाचार नियन्त्रणलाई सबैको समन्वयमा अघि बढाउँदै जनमुखी सेवा प्रवाह गर्न जरुरी रहेको उनले बताए ।

 

 

 

प्रधानमन्त्री देउवाले भने, ‘भ्रष्टाचारलाई कडाइका साथ नियन्त्रण गरी स्वच्छ, स्वस्थ र विकिसित समाज निर्माणका लागि हामी सबै प्रतिबद्ध हुन आवश्यक छ । समाजको कलंकको रुपमा रहेको भ्रष्टाचारलाई नियन्त्रण गर्न यस्ता गतिविधिबाट टाढै रहन र भ्रष्टाचारजन्य कार्यका विरुद्ध आवाज मुखरित गरी भ्रष्टाचारका गतिविधिहरूको नियन्त्रणका लागि आवश्यक कार्य गर्नुपर्नेछ । सरकारी कामलाई चुस्त बनाउन र जनतालाई सुशासन र सहज व्यवस्थापनको अनुभूति दिनु आजको आवश्यकता हो । भ्रष्टाचारजन्य गतिविधि हुन नदिन राज्यका सबै तहमा कडाइका साथ कानुनको पूर्ण पालना गर्न निर्देशन गर्दछु । भ्रष्टाचार नियन्त्रणको अन्तर्राष्ट्रिय दायित्व पूरा गर्न नेपाल सरकार पूर्ण प्रतिबद्ध छ । भ्रष्टाचार नियन्त्रणसम्बन्धी कानुनमा आवश्यक सुधार गरी अघि बढ्न सरकार प्रतिबद्ध छ । भ्रष्टाचारले सार्वजनिक सेवा प्रवाह र विकास व्यवस्थापनलाई सुधार गर्न जरुरी छ । भ्रष्टाचार नियन्त्रणसम्बन्धी अभियान सञ्चालनको खाँचो रहेको छ ।’