२०८१ बैशाख ८ , शनिवार

घर्मेली पौडेल बन्धुको कुल पुजा सम्पन्न

शिशिर पौडेल/ पोखरा । पोखरा महानगरपालिका वडा नं १९ घार्मीमा मुल थलो भई देशका विभिन्न भागमा बसोबास गर्ने पौडेल बन्धुको कुल पुजा सम्पन्न भएको छ।

कुल मन्दिर स्थल घार्मीको देउतीपुज्नेमा रहेको कुल मन्दिरमा २ दिनसम्म चलेको पुजामा मन्दिरको प्राण प्रतिष्ठा सहित सत्यनारायण पुजा गरिनुका साथै १३ जना पुरोहित द्वारा श्रीमद्भागवत महापुराण वाचन गरिएको कुल मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष बलराम पौडेलले जानकारी दिनुभयो। कुल पुजाको अवसरमा कुल मन्दिर निर्माणका लागि जग्गा दान गर्ने महेश्वर पौडेल, देउमाया पौडेल, नारायणी पौडेल, लालुमाया पौडेल र झलक पौडेल, मन्दिर निर्माण समितिका अध्यक्ष कृष्णप्रसाद पौडेल, जेष्ठ नागरिक पंडित हिमलाल पौडेललाई समितिले दोसल्ला ओढाएर सम्मान गरेको छ।

समितिले मन्दिर निर्माणमा सहयोग गर्नेहरूलाई धन्यवाद दिनुका साथै मन्दिर परिसरलाई थप व्यवस्थित बनाउन सहयोगका लागि आग्रह गरेको छ। कुल पुजामा भजन कीर्तन सहित रातभर जाग्राम बसेर कुल देवताको आराधना गरिएको समितिका सचिव बाबुराम पौडेलले जानकारी दिनुभयो। परम्परा देखि नै हुदै आएको पुजामा देशका विभिन्न भागमा बसोबास गर्ने घर्मेली पौडेलको सहभागीता रहेको थियो।