२०८१ बैशाख १३ , बिहिवार

अदुवा खानुका धेरै फाइदाहरु

सुनाखरी न्युज / काठमाडौँ – गर्मीमा त्यति नरुचाइए पनि अदुवा जाडोमा चियामा पनि हालेर खाइन्छ । चियामात्र होइन, अदुवा हालेर जाडोमा सुप खाँदा पनि निकै फाइदाजनक हुन्छ । त्यसैले पनि अदुवालाई महाऔषधीसमेत भन्ने गरिएको छ । अदुवामा भिटामिन सी, क्याल्सियम, फस्फोरस, आइरन, जिन्क, कपर तथा क्रोमियमजस्ता पोषक तत्व पनि पाइन्छ । जाडोमा धेरै रुचाईने अदुवाका फाईदा –

१ रगत सफा गर्छ स् अदुवाले हाम्रो रगत सफा पनि गर्छ । शरीरमा भएका टक्सिन हटाएर अदुवाले हाम्रो रगत सफा गर्न धेरै नै सहयोग गर्छ ।

२ पाचन प्रक्रिया र रोगविरुद्ध लड्ने क्षमता बढाउँछ स् अदुवाको प्रयोगले हाम्रो पाचन प्रक्रिया पनि बलियो बन्छ । यसले हाम्रो तौल घटाउन पनि सहयोग गर्छ । अनि हामीलाई चुस्तदुरुस्त राख्न पनि सहयोग गर्छ ।

 

३ खोकी कम गर्छ स् अदुवाले शरीरलाई बलियो बनाउनुका साथै हामीलाई लाग्ने खोकीबाट पनि छुट्कारा दिन्छ । सासप्रश्वासलाई राम्रो बनाउन पनि यसलेसहयोग गर्छ ।

४ दुखाइ कम गर्छ स् अदुवाले हाम्रो रक्तसंचारलाई सुधार गर्ने भएकाले नियमित रुपमा अदुवा खाँदा हामीलाई दुखाइ कम महसुस हुन्छ । त्यसैले बढ्दो उमेरमा अदुवा खानु अझ राम्रो हुन्छ ।

 

५ ब्याक्टेरियासँग लड्छः अदुवामा ब्याक्टेरिया तथा भाइरससँग लड्ने अद्भुत क्षमता हुन्छ । त्यसैले यसको नियमित सेवन गर्दा घाँटीको   संक्रमण हुनबाट हामी बच्न सक्छौँ ।

६ अदुवाको प्रयोगले हड्डी तथा जोर्नीहरुमा हुने दुखाइ पनि कम गर्छ । यसमा हुने तत्वले अर्थराइटिस अर्थात बाथरोगहरुबाट पनि हामीलाई     टाढा राख्न सहयोग गर्छ ।