२०८० चैत्र १५ , बिहिवार

अवैध लागूऔषध १४ मिलिग्राम ब्राउनसुगर सहित चार जना पक्राउ

सुनाखरी न्युज/काठमाडौं। सर्लाही, रामनगर गाउँपालिका–१ जिलेविया चोकबाट अवैध लागूऔषध दुई किलोग्राम गाँजासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा सोही नगरपालिकाको सोही ठाउँमा बस्ने ३२ वर्षीय राकेश सहनी रहेको प्रहरीले जनाएको छ । प्रहरी चौकी बहुअर्वाबाट खटिएको प्रहरीले उनलाई लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । त्यस्तै कञ्चनपुर, भिमदत्त नगरपालिका–११ भुजेलास्थित महाकाली नदी किनारबाट अवैध लागूऔषध ब्राउनसुगर करिब १४ मिलिग्रामसहित अर्का एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका–३ तिलकपुर बस्ने १८ वर्षीय किशोर रहेको प्रहरीले जनाएको छ

 

उनीसहित थप तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गड्डाबाट खटिएको प्रहरीले उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।