२०८१ बैशाख १३ , बिहिवार

शिक्षकद्वारा छात्रामाथि दुर्व्यवहार , स्थानीयद्वारा प्रहरीमाथि ढुंगामुढा

सुनाखरी न्युज/ काठमाडौं । रौतहटमा एक शिक्षकले छात्रामाथि दुर्व्यवहार गरेको आरोप लागेको छ । यमुनामाई गाउँपालिका –४ मा रहेको श्री जनता माध्यमिक विद्यालयका शिक्षक विजय सिंहले कक्षा ५ की छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेको हो ।

विवादमा स्थानीय अभिभावक भेला भएर शिक्षक सिंहमाथि आक्रमणको प्रयास गरेका थिए । तनावको अवस्था भएपछि पुगेको प्रहरी टोली र स्थानीय बीच झडप भएको छ । सो क्रममा ढुंगामुढा प्रहारबाट आधा दर्जन प्रहरीलाई चोटपटक लागेको छ। जिल्ला प्रहरी रौतहटका प्रवक्ता डीएसपी उमाशंकर यादवले दुई जना प्रहरीलाई बढी र अन्यलाई सामान्य चोटपटक लागेको जानकारी दिँदै उनीहरूको जिल्ला अस्पताल गौरमा उपचार भइरहेको बताए ।

प्रहरीले आरोपी शिक्षक सिंहलाई नियन्त्रणमा समेत लिएर थप अनुसन्धान भइरहेको छ ।