२०८१ बैशाख १३ , बिहिवार

भ्रष्टाचार अभियोगमा अर्जेन्टिनाकी उपराष्ट्रपतिलाई ६ वर्ष जेल सजाय

सुनाखरी न्युज/ काठमाडौं ।

अर्जेन्टिनाको एक अदालतले उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेज डे किर्चनरलाई भ्रष्टाचार अभियोगमा ६ वर्षको जेल सजाय सुनाएको छ । ६९ वर्षीय फर्नान्डेजलाई सार्वजनिक कामको ठेक्का साथीलाई दिँदा ‘प्रशासनलाई धोका’ दिएको अभियोग लगाइएको छ ।

 

तर, उनले जेल सजाय भोग्ने सम्भावना छैन । फर्नान्डेजले सरकारी भूमिकामार्फत केही उन्मुक्ति पाउन सक्छिन । उनले लामो अपील प्रक्रिया सुरु गर्ने अपेक्षा गरिएको छ । उनलाई सार्वजनिक पदबाट आजीवन प्रतिबन्ध पनि लगाइएको छ । तर, उच्च अदालतमा मुद्दा चल्दा उनी उपराष्ट्रपतिको भूमिकामा रहनेछिन् । अभियोजनकर्ताहरूले उनलाई १२ वर्ष जेल सजाय माग गरेका थिए ।

फर्नान्डेजले आफूमाथि लगाइएको आरोप राजनीतिक रूपमा प्रेरित भएको बताएकी छन् । एसोसिएटेड प्रेस