२०८० चैत्र १६ , शुक्रवार

जबरालाई सर्वोच्च प्रशासनको आदेशबिना प्रवेश नदिन प्रहरीलाई निर्देशन

सुनाखरी न्युज/ काठमाडौं ।
सर्वोच्च प्रशासनको आदेशबिना निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रवेश गर्न नदिन  नेपाल प्रहरीका उच्च अधिकारीहरूले सर्वोच्च अदालतमा तैनाथ प्रहरीहरूलाई आदेश दिएका छन् ।

 

संसद्‍ सचिवालयका महासचिव भरतराज पौडेलले जबरामाथिको महाभियोग प्रस्ताव निस्प्रभावी भएको पत्र पठाएपछि निलम्बित प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालतमा हाजिर हुन जाने तयारी गरेका छन् ।

 

तर यसअघि नै नेपाल बार एसोसिएसनले सर्वोच्चमा धर्ना गरिरहेको छ । यसैबीच, सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जबरामाथिको महाभियोग जीवीत नै रहेको प्रतिक्रिया दिएका छन् ।

गत फागुन १ गते ९८ जना सांसदहरूले जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए । तर मंसिर ४ गतेको निर्वाचनका कारण महाभियोग प्रक्रिया प्रभावित बनेको थियो ।