२०८१ बैशाख ११ , मंगलबार

अहिले सम्मकै सबैभन्दा ठुलो म्युचुअल फण्ड योजना “एनआईबिएल ग्रोथ फण्ड” लाई नेपाल धितोपत्र बोर्ड बाटस्वीकृती प्रदान

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, कोष प्रबद्र्धक तथा एनआईबिएल एस क्यापिटल लि. योजना ब्यवस्थापकतथा डिपोजिटरी रहेको “एनआईबिएल म्युचुअल फण्ड”अन्तर्गत संचालनहुने पाँचौ योजना“एनआईबिएल ग्रोथ फण्ड” संचालन गर्ने अनुमति नेपाल धितोपत्रबोर्ड (SEBON)बाट यहिमिति २०७९, मंसिर १८ गते प्राप्तभएको छ ।

 

यस योजनाको आकार १ अर्ब ६० करोड र समयावधि १० वर्षको रहने छ र यो संगै अहिले सम्मकै सबैभन्दा ठुलो म्युचुअल फण्ड योजनाको सार्वजनिकनिष्काशनगर्ने म्युचुअल फण्ड योजनाहुनेछ । उक्त अवधि भर यस योजनाले बार्षिक प्रतिफल(Effective Annual Return) को रुपमा २०.२५ प्रतिशत प्रतिफल आफ्ना इकाईधनीहरु लाई दिन सक्ने प्रक्षेपण समेत गरेको छ ।“एनआईबिएल ग्रोथ फण्ड” का इकाईहरु नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भई योजनाको समयावधि सम्म दोश्रो बजारमाखरिद तथाबिक्रीगर्न सकिने व्यहोरा क्यापिटलले जनाएको छ ।

 

“एनआईबिएल म्युचुअल फण्ड”अन्तर्गत यस अघि नै तीन वटा बन्दमुखी योजना तथा एउटा खुलामुखी योजना समेत संचालनमा रहेका छन् । “एनआईबिएल समृद्धि फण्ड –१”आफ्नो ७ वर्षे समयावधि पूरा भई परिपक्क भईसकेको र उक्त योजनालेवार्षिक १८ प्रतिशत औसत प्रतिफल समेत वितरण गरिसकेको थियो । त्यस्तै अन्यदुई बन्दमुखी योजना, एनआईबिएलप्रगतिफण्ड र एनआईबिएल समृद्धि फण्ड –२समेत संचालनमा रहेका छन् ।

 

साथै नेपालकै पहिलो खुलामुखी योजना“एनआईबिएल सहभागीता फण्ड” पनि यसै म्युचुअल फण्ड अन्तर्गत संचालनमा रहेको छ र यस योजनाले समेत हाल सम्मकुल ६५.४५ प्रतिशतलाभांशवितरण गरी वार्षिक २२ प्रतिशत औसत प्रतिफल समेत कायम राख्न सफल रहेको छ । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गतका योजनाको इकाई धनीहरुले समुचित प्रतिफल वार्षिक रुपमा प्राप्त गर्र्दै आईरहेका छन् ।