२०८१ बैशाख १३ , बिहिवार

सिटी एक्सप्रेसको “बिदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो ”योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले काठमाडौं स्थित होटल अलफ्टमा“बिदेशबाटसिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो ”योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेका छ ।

 

“बिदेशबाटसिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो ”योजनाअन्तर्गतमेगा बम्पर उपहारसाउदी अरब बाट रेमिटान्स पठाउनेजिवन रायमाझीलाई “५ तोला सुन”, यु के बाट रेमिटान्स पठाउने नुना गुरुङलाई १ तोला सुन , कोरिया बाट रेमिटान्स पठाउने रीना कुमारी तामाङलाई १ तोला सुन , मलेशिया बाट रेमिटान्स पठाउने पुरण रोकालाई १० तोला चांदी , जापान बाट रेमिटान्स पठाउने रबिन्द्र मानन्धरलाई १० तोला चांदी , कुवेत बाट रेमिटान्स पठाउने सुनिता दराईलाई १० तोला चांदी हस्तान्तरण गरिएको छ ।

 

 

उक्त कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका साझेदार साउदी स्थित टेलिमनी बैंकका प्रमुख खालेद अल ब्राहिम , नेपाली चर्चीत नायिका पूजा शर्मा, नेपाल इन्भेस्ट्मेन्ट बैंकका उपमहाप्रबन्धक बिजेन्द्र सुवालको उपस्थिती रहेको थियो । सिटी एक्सप्रेस मनी ट्रान्सफरले गतभदौ १५ गते समस्त नेपालीहरुको महान चाड २०७९ सालको दशैँ, तिहार र छठ्लाई लक्षितगर्दै आफ्नाग्राहकवर्गहरुसंग पर्वको खुशीसाट्न लगातार ६३दिन सम्मचल्ने “बिदेशबाटसिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो ”उपहार योजना घोषणा गरेको थियो । सोही योजनाअन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी साथै ६३ दिन लगातार हरेक दिन १६जनाविजेताहरुलाई आकर्षक गिफ्ट ह्याम्परर अन्त्यमा एक जना भाज्ञशालीमेगा बम्पर बिजेतालाई ५ तोला सुन उपहार प्रदानगरिने योजनामा रहेको थियो । जसअन्तर्गत१००८जनाले दैनिकउपहार (आकर्षक गिफ्ट ह्याम्पर) , ९जनाले साप्ताहिकउपहार (१०÷१०तोलाचाँंदी)र २जनाले मासिकउपहार (१÷ १तोला सुन ) जित्न सफलभएका छन्। उक्त योजनाभदौ १५ देखीकार्तिक १५ गते सम्मचलेको थियो ।

 

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमाआफ्नो छुट्टै पहिचानबनाउदै बिगत १६ वर्ष देखि संसारभरबाट विप्रेषण सेवाप्रदानगर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षिततरिकाले भुक्तानीप्रदानगर्ने, कुनै पनि बैंकको खातामा रकमजम्मागर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदानगर्दै आइरहेको छ ।