२०८१ बैशाख ७ , शुक्रवार

संसद्का महासचिवले दिए जबरालाई महाभियोग निष्क्रिय भएको पत्र

सुनाखरी न्युज/ काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आफूविरुद्ध संसद्‍मा पेस भएको महाभियोग प्रस्ताव निष्क्रिय भएको भन्दै सर्वोच्च अदालत जाने तयारी गरेका छन् ।

 

संघीय संसद्‍का महासचिव भरतराज गौतमले महाभियोग निष्क्रिय भन्दै पत्र दिएपछि जबरा सर्वोच्च जान लागेका हुन् । पुरानो संसद्को कार्यकाल सकिएर संसद्‍मा नयाँ सदस्य निर्वाचित भएसँगै जबरालाई महासचिव गौतमले पत्र पठाएका हुन् ।

 

जबराविरुद्ध विभिन्न २१ आरोप लगाएर सत्तारुढ दलहरू कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले फागुन १ गते प्रतिनिधिसभामा महाभियोग दर्ता गराएका थिए । महाभियोग दर्ता भएपछि जबरा स्वतः निलम्बनमा परेका थिए ।