२०८१ बैशाख १३ , बिहिवार

चिनियाँ राष्ट्रपति सी चिनफिङ साउदी अरबको भ्रमणमा निस्किँदै

सुनाखरी न्युज/ काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ यसैसाता साउदी अरबको तीनदिने भ्रमणमा निस्कने भएका छन् ।

यो भ्रमणका क्रममा उनले विश्वको सबैभन्दा धेरै तेल निर्यात गर्ने देश साउदी अरबका राजासँग भेटघाट गर्नेछन् । साउदी अरबको आधिकारिक समाचार एजेन्सीले राष्ट्रपति सी बुधबार त्यहाँ पुग्ने जनाएको छ । विश्वको शक्तिशाली अर्थव्यवस्था रहेको मुलुक चीनका राष्ट्रपति सीले छ सदस्यीय खाडी सहयोग परिषद्का प्रमुखहरू सहभागी हुने एक शिखर सम्मेलनमा भाग लिनेछन् ।

उनले चीनसँगको सम्बन्ध बलियो पार्ने मनसायसहित मध्य पूर्वका देशका नेताहरूसँग छलफल गर्नेछन् ।