२०८१ बैशाख १३ , बिहिवार

सडकमा पानी चुहाउँदै गाडी चलाउने १० वटा पानी ट्याङकरका चालकहरु ट्राफिक कारवाहीमा

सुनाखरी न्युज/ काठमाडौं । सडकमा पानी चुहाउँदै गाडी चलाउने १० वटा पानी ट्याङकरका चालकलाई आज ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

 

काठमाण्डौ उपत्यकाको विभिन्न स्थानमा गरिएको विषेश चेकिङको क्रममा ट्राफिक प्रहरीले पानी ट्याङकरका चालकलाई कारवाहि गरेको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका सह प्रवक्ता प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले बताउनु भएको छ । यस्तै चेकिङकै क्रममा सवारी चालक अनुमति पत्र नभएको एउटा पानी ट्यांकरका चालकलाई पनि कारवाही गरिएको छ ।

पानि चुहिएको स्थानमा सवारी साधन चिप्लेर दुर्घटना हुने संभावना बढि हुने हुँदा क्षमता भन्दा बढि पानी ढुवानी नगर्न नगराउन सम्बन्धित सबैलाई प्रहरी उपरीक्षक क्षेत्रीले अनुरोध समेत गर्नु भएको छ ।