२०८१ बैशाख ८ , शनिवार

करेन्ट लागेर एक जनाको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं । उदयपुरको कटारी नगरपालिका-२ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कटारी-२ का ३० वर्षीय दिलकुमार थापा मगर रहेका छन्।

हिजो साँझ ५ बजे आफ्नै घरको छतमा घरको तला थप्ने क्रममा फलामको रडले बिजुलीको तार छुन पुग्दा उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते भएका मगरको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान भइरहेको छ।