२०८० चैत्र १५ , बिहिवार

संगठन प्रमुख प्रहरी महानिरीक्षक सिंहद्वारा जिल्ला प्रहरी कार्यालय सोलुको निरीक्षण

सुनाखरी न्युज/ बिराटनगर । नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले जिल्ला प्रहरी कार्यालय सोलुको निरीक्षण भ्रमण गर्नु भएको छ ।

 

आज बिहान भएको निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरु समेतको निरीक्षण गर्नु भई कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिनु भएको थियो । निर्देशनको क्रममा वहाँले प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गरी प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई व्यक्तिगत लाभ भन्दा संगठनको हित र बिकासलाई प्राथमिकतामा राखेर आफूलाई प्राप्त जिम्मेवारी ईमान्दार, कर्तव्यनिष्ठ, अनुशासित र उत्तरदायी तवरबाट प्रहरी कार्य सम्पादन गर्न र सामाजिक सञ्जालको सही सदुपयोग गरी प्रयोग गर्न तथा जनचेतनाको कमिबाट हुने घटनाहरुलाई नियन्त्रण गर्न बिभिन्न जनचेतना मुलक कार्यक्रमहरु सन्चालन गर्न समेत निर्देशन दिनु भयो ।

 

 

निर्देशनकै क्रममा सिंहले सर्वोच्च शिखर सगरमाथाले परिचित पर्यटकिय जिल्ला सोलुखुम्वुमा भ्रमणको लागि आउनु हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकहरुको आवागमनलाई सहज बनाउन पर्यटकहरुलाई सुरक्षाको प्रत्याभुति दिलाई निर्धक्क यात्रा गर्ने वातावरण बनाउन समेत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भयो । साथै अपराध अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन लगायत विपद् उद्दार कार्यमा नेपाल प्रहरीले सदैव अग्रपंक्तिमा रहेर कार्य सम्पादन गर्दै आइरहेको बताउँदै समय समयमा लामो तथा छोटो गस्ति निकाली दुरदराजमा भएका स्थानिय मानिसहरुसंग समन्वय गरी अपराधिक गतिविधि, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न र दैविक बिपत्तिहरुमा स्थानिय सरकार तथा अन्य सुरक्षा निकायसंग समन्वय गरी नागरिकको जीउ धनको रक्षा गर्न र नैतिकता र अनुशासित भई सार्वजनिक सम्पत्तिको संरक्षण गर्दै आम सेवाग्राहीसँग समान व्यवहार गरी प्रहरी संठन र कार्यालयको गरिमा बढाउने कार्यमा सदैव लागि पर्न कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भयो ।

 

जिल्ला प्रहरी कार्यालय सोलुको निरीक्षण भ्रमण तथा निर्देशनको क्रममा १ नम्वर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरी, नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक दान बहादुर कार्की, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी बरिष्ठ उपरीक्षक उमाशंकर पंजियार, प्रदेश प्रहरी तालिम केन्द्र रानी बिराटनगरका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोला तथा नेपाल प्रहरी रा.सु. तथा ट्रा.ब्य.का. इटहरीका प्रहरी उपरीक्षक श्याम कुमार महतो समेतको उपस्थिति रहेको थियो ।