२०८० चैत्र १५ , बिहिवार

विश्वकप फुटबलमा आज दुई खेल

सुनाखरी न्युज/ काठमाडौं । विश्वकप फुटबलमा मंगलबार अन्तिम १६ अन्तर्गत दुई खेल हुँदैछन्। पहिलो खेलमा मोरक्को र स्पेनले पतिस्पर्धा गर्नेछन् भने दोस्रो खेलमा पोर्चुगल र स्वीट्जरल्यान्डको प्रतिस्पर्धा हुनेछ।

 

राति ८:४५ बजे हुने मोरक्को र स्पेनको पहिलो खेल एजुकेसन सिटी स्टेडियममा हुनेछ। मोरक्को समूह ‘एफ’ को विजेता हो भने स्पेन समूह‘ई’ को उपविजेता हो। दोस्रो खेलमा राति १२: ४५ बजे पोर्चुगल र स्वीट्जरल्यान्डले प्रतिस्पर्धा गर्नेछन्। पोर्चुगल समूह ‘एच’ को विजेता र स्वीट्जरल्यान्ड समूह ‘जी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन्।

यसअघि नेदरल्यान्ड्स, अर्जेन्टिना, फ्रान्स, इंग्ल्याण्ड, क्रोएसिया र ब्राजिल क्वाटरफाइनल प्रवेश गरिसकेका छन्। आजका दुई खेलबाट दुई टिम क्वाटरफाइनल पुग्नेछन्।