२०८१ बैशाख १२ , बुधवार

एप्पल स्टोर बाट निस्कने बित्तिकै लुटियो आइफोन

सुनाखरी न्युज / काठमाडौं – अमेरिकाको एक एप्पल स्टोर बाहिर एक व्यक्तिका १ सय २५ वटा आइफोन लुटिएका छन । २७ वर्षका ती व्यक्तिले न्युयोर्क सिटीस्थित फिफ्थ एभेन्यूमा रहेको एप्पल स्टोरबाट ३ सयवटा आइफोन १३ एस खरिद गरेका थिए ।

 

२४ घण्टा खुल्ला हुने उक्त एप्पल स्टोरबाट आइफोन किनेर रातको पौने २ बजे उनी बाहिरिएका थिए । तर स्टोरबाट बाहिर निस्किने बित्तिकै लुटेराले उनका १ सय २५ वटा आइफोन लुटेर लगे जसको मूल्य ९५ हजार डलर अर्थात् करिब १ करोड २५ लाख पर्ने बताइएको छ ।

 

खरिद गरिएका ३ सय वटा आइफोनलाई एप्पल स्टोरका एक कर्मचारीले तीन वटा ठूल्ठूला झोलामा हालेर ती व्यक्तिको कारमा राखिदिएका थिए । तर त्यसको केही बेरमा केही लुटेरा आएर त्यहाँबाट आइफोन राखिएको एउटा झोला लिएर भागे । आइफोनको झोला लुट्ने क्रममा लुटेराले ती व्यक्तिको मुखमा एक मुक्का हानेका थिए । एजेन्सीको सहयोगमा