२०८० चैत्र १५ , बिहिवार

पुन मतदान नगरे कानूनी उपचार:नेता झलनाथ खनाल

सुनाखरी न्युज/ काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीको बैठकमा आफ्नो क्षेत्रमा पुन मतदान गर्नुपर्ने धारणा राखेका छन् ।

बुधबार बसेको नेकपा एकीकृत समाजवादीको बैठकमा उनले इलाम क्षेत्र नम्बर १ धाँधली भएको र पुन मतदान गर्नुपर्ने बताए । यदी पुन मतदान नगरेको अवस्थामा कानूनी उपचार खोजिने समेत उनले चेतावनी दिएका छन् ।मेरो क्षेत्रमा चुनावमा एमालेले धाँदली गरेको छ।

मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्र भेटिएका छन् । पैसाको खोलो बगाएको छ खनालले भने, मेरो क्षेत्रमा पुनः मतदान हुनुपर्छ । यदि त्यसो हुन नसकेमा कानुनी उपचार खोज्नुपर्छ । त्यस्तै पार्टीले पनि खनाल हार्नुको कारण खोज्ने निर्णय गरेको छ ।