२०८१ बैशाख ८ , शनिवार

वनस्पति मरमसला बाट सजिलै निको हुन्छ रुघाखोकी

सुनाखरी न्युज/ काठमाडौं ।रुघाखोकी लाग्नासाथ हामी औषधि किन्न हतारिहन्छौं । जबकि हाम्रो घर-आँगन, भान्सामा उपलब्ध वनस्पति, मरमसलाबाट रुघाखोकी सजिलै निको हुन्छ ।

 

धुलोधुँवा र चिसोको कारण रुघाखोकी लाग्ने सम्भावना अधिक हुन्छ । त्यसैले शरीरलाई सकेसम्म न्यानो राख्नुपर्छ । शरीरलाई न्यानो बनाउने झोलयुक्त खानेकुरा खानु जरुरी हुन्छ । तुलसीको पात, मरिच, अदुवा, दालचिनी एकसाथ तातो पानीमा उमालेर पिउँदा रुघाखोकी निको हुन्छ । यसमा थोरै सक्खर मिसाउन सकिन्छ । यसो गर्दा स्वादिलो पनि हुन्छ । यसैगरी मरिच, दालचिनी, अदुवामा बेसार मिसाएर उमालेको पानी पनि यसबेला निकै प्रभावकारी हुन्छ ।

 

तातो पानीमा एक चम्चा मह, थोरै सुकुमेलको धुलो मिश्रण गर्ने र त्यसमा कागतीको रस मिसाउनुपर्छ । यस्तो रस दिनमा दुई पटक पिउँदा लाभलायक हुन्छ तातो दूधमा बेसार मिसाएर पिउँदा पनि रुघाखोकीबाट छुटकारा पाउन सकिन्छ । थोरै ज्वानो पानीमा अदुवा र बेसार मिसाएर राम्ररी उमाल्नुपर्छ । त्यो पानी पिउँदा रुघाखोकीमा आराम मिल्छ । एक गिलास तातो पानीमा एक चम्चा तोरीको गेडा उमाल्नुपर्छ । पानी राम्रोसँग उमालेपछि पिउनुपर्छ । तोरीको दानामा पाइने सल्फरले जमेको खकारलाई बाहिर निकाल्न मद्दत गर्छ ।