२०८१ बैशाख ७ , शुक्रवार

ओखरको अचुक फाइदाहरु जानीराखौ

सुनाखरी न्युज/ काठमाडौं।  ड्राई फुट्स अधिकांशलाई मनपर्छ। जसमध्ये ओखर पनि एक हो। विभिन्न कुकिज, मफिन, ब्राउनिज आदिमा ओखर राखेर बनाइएको हुन्छ।गर्दछ।

ड्राई फुट्स अधिकांशलाई मनपर्छ। जसमध्ये ओखर पनि एक हो। विभिन्न कुकिज, मफिन, ब्राउनिज आदिमा ओखर राखेर बनाइएको हुन्छ। स्वादमा मात्र होइन, ओखर एक पौष्टिक तत्वले भरिपूर्ण ड्राइ फुट्स पनि हो। एक आधा कप वा १४ वटा आधा ओखरको सेवनबाट १८ ग्राम बोसो, ४ ग्राम प्रोटिन, २ ग्राम फाइबर प्राप्त गर्न सकिन्छ। शरीरलाई दैनिक आवश्यक पर्ने करिब ५० प्रतिशत म्याग्नेसियम, आइरन, क्याल्सियम र भिटामिन बी हुने गर्छ। ओखरको सेवनले हड्डीलाई स्वस्थ्य बनाउनुका साथै क्यान्सर, मुटुसम्बन्धी रोगबाट बच्न मद्दत गर्दछ। ओखरको सेवन गर्दा शरीरलाई आवश्यक पर्ने स्वस्थ बोसो प्राप्त गर्न सकिन्छ।

ओखरको नियमित सेवनले पेट र मुटुलाई स्वस्थ राख्न मद्दत गर्दछ। ओखरले रक्तचाप घटाउनुका साथै कालेस्ट्रोललाई पनि नियन्त्रित ।
ओखरको नियमित सेवनले मस्तिष्कलाई स्वस्थ राख्न मद्दत गर्दछ। ओखरले मुटु, मस्तिष्कलाई स्वस्थ राख्ने मात्र नभई क्यान्सर जस्तो प्राणघातक रोगबाट पनि बचाउँछ। ओखरको सेवनले स्तन क्यान्सरको जोखिम कम गर्छ । ओखरको सेवनले तौललाई नियन्त्रित राख्न मद्दत गर्दछ।