२०८० चैत्र १६ , शुक्रवार

कोरोना संक्रमित थपिए ८ जना

सुनाखरी न्युज/ काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ६ सय ५२ जनाको नमूना परीक्षण गरिएको थियो ।

 

६ सय १५ जनाको पीसीआर र १ हजार ३७ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सोमबार ३४ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर २ सय ३५ जना सक्रिय संक्रमित रहेका छन् ।

 

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।