२०८० चैत्र १५ , बिहिवार

झलनाथ खनालले गरे धाँधली भएको भन्दै पुनः मतदानको माग

सुनाखरी न्युज/ काठमाडौं ।

नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता तथा इलाम क्षेत्र नम्बर १ का उम्मेदवार झलनाथ खनालले आफूलाई हराउन व्यापक धाँधली भएको दाबी गरेका छन् । एमाले अध्यक्ष केपी ओलीसमेत आफूलाई हराउन लागिपरेको भन्दै त्यसका लागि कर्मचारी लगायतसँग सेटिङ गर्ने काम भएको खनालको दाबी छ ।

 

इलाम १ को जारी मतगणनामा पछि परेका खनालले बाक्सामा रहेको झन्डै ५ सय मत गायब पारिएको तथा मुचुल्कामा रहेको भन्दा २६६ मत बढी देखिएको पनि बताए ।

उनले इलाम १ मा पुनः निर्वाचन गर्नुपर्ने आफूहरूको माग गरेको बताए । तर, त्यो मागलाई सम्बोधन नगरिएको खनालको गुनासो छ ।