२०८१ बैशाख ७ , शुक्रवार

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ मध्ये १४३ क्षेत्रको मतपरिणाम सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौँ ।यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ मध्ये १४३ क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ ।

 

प्राप्त मतपरिणामअनुसार हालसम्म नेपाली कांग्रेस ४७, नेकपा एमाले ३८, नेकपा माओवादी केन्द्र १५, नेकपा एकीकृत समाजवादी १०, राष्ट्रिय स्वतन्त्र पार्टी सात स्थानमा विजयी भएका छन् । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी छ, जनता समाजवादी पार्टी पाँच, लोकतान्त्रिक समाजवादी पार्टी चार, नागरिक उन्मुक्ती पार्टी तीन, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टी एक-एक तथा पाँच स्वतन्त्र उम्मेदवार विभिन्न क्षेत्रबाट विजयी भएका छन् ।

 

४७ सिट जितिसकेको कांग्रेसले सात सिटमा अझै अग्रता कायम गरेको छ । त्यसैगरी नेकपा एमालेले छ, नेकपा माओवादीले तीन तथा राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीले एक-एक सिटमा अग्रता लिइरहेका छन् ।