२०७९ मंसिर १४ , बुधवार

मौसम खुल्दा टिका लगाउनेको चहलपहल

Capture

सुनाखरी न्युज/ काठमाडौं । बडा दसैंको टीकाको तेस्रो दिन आज द्वादशी । १५ दिन सम्म मनाइने बडा दसैंको विजया दशमीको दिन मान्यजनका हातबाट टीका जमरा लगाएर आशिर्वाद लिन नपाएका र नभ्याएकाहरुले आज द्वादशीको दिन पनि टीका ग्रहण गर्दैछन् ।

 

टीकाको दिन मान्यजनका हातबाट टीका र आशिर्वाद लिन नसकेका र नभ्याएकाहरुले कोजाग्रत पुर्णिमाको दिनसम्म नै टीका लगाएर आशीर्वाद लिन सकिने परम्परा रहिआएको छ । बडा दसैंको दशौं दिन विजया दशमीको दिनबाट पाँच दिनसम्मै मान्यजन र आफन्तकहाँ पुगेर टीका, जमरा लगाएर आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । लगातार दुई दिन पानी परेर टीका लगाउन हिंडेकालाई केहि असहज बनाएको भए पनि आज विहान भने पानी परेको छैन् । मौसम विभागले काठमाडौं उपत्यका सहितका स्थानमा आज सामान्य बदली मात्रै हुने पूर्वानुमान गरेकोले बिहानैबाट टीका लगाउन हिंडेकाहरुको चहलपहल दखिएको छ ।

 

दसैं टीकाको तेस्रो दिन विहानैदेखी टिका लागाउन जाने आउनेहरुको भिड बढे पनि राजमार्गको ठाँउ ठाँउमा खसेको पहिरो र बिग्रिएको सुडकका कारण भने यात्रुहरुलाई समस्या भएको छ । सवारीका साधनहरु सहजै नपाएका कारण यात्रुहरुलाई थप कष्ट भएको छ ।