२०८० चैत्र ६ , मंगलबार

भारतमा हिम-पहिरोमा परी १० जनाको मृत्यु, २० बेपत्ता

सुनाखरी न्युज/ काठमाडौं । भारतमा हिम-पहिरोमा परी कम्तिमा १० जना मानिसको मृत्यु भएको छ । हिमपहिरोमा परी केही मानिस भने बेपत्ता भएका हुन् ।

 

भारतको उत्तराखण्डको हिमाली क्षेत्रमा आरोहणको अभ्यासमा रहेका भारतीय पर्वतारोहणको टोली हिमपहिरोमा परेको हो । ३४ जना प्रशिक्षार्थी र सातजना प्रशिक्षकको टोली हिमपहिरोमा परेका १० जनाको मृत्यु भएको र १४ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । अरु २० अझै बेपत्ता छन् ।

उनीहरुको खोजीका लागि सयौं उद्धारकर्मीहरु परिचालन गरिएको छ । यद्यपी खराब मौसमका कारण उद्धारकार्यमा कठिनाई भएको जनाइएको छ ।