२०८० चैत्र ६ , मंगलबार

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा मौलो पूजा कार्यक्रम सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं । नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको महानवमीको अवसरमा जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा मौलो पूजा कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले एक कार्यक्रमका बीच मौलामा पूजा गर्नुका साथै संकल्प पूजा आरधाना गर्नुभएको छ । उक्त अवसरमा उहाँले कुविन्डो तथा बलि पूजा साथै विभिन्न हातहतियारको समेत पूजा गर्नु भयो र प्रहरीको एक टुकुडीले चारै दिशामा रहेका विभिन्न शक्तिपिठ एवम् देवि देवताहरुलाई शलामी अर्पण समेत गरेको थियो ।

 

कार्यक्रममा विजया दशमीको शुभकामना व्यक्त गर्दै प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले नेपाल प्रहरी संगठनका सदस्य एवं परिवारजनमा सुख, शान्ति र समृद्धिको कामना समेत गर्नुभएको छ ।