२०८० चैत्र १५ , बिहिवार

राजमार्ग आराम केन्द्र स्थापना

सुनाखरी न्युज / नवलपरासी(पूर्व) । पूर्व पश्चिम राजमार्ग जिल्ला नवलपरासी(पूर्व) गैडाकोट नगरपालिका ९ थुम्सीमा Highway Refresh Centre को नवलपरासी जिल्लाका प्रमुख जिल्ला अधीकारी सुमन घिमिरेद्वारा उद्घाटन गरिएको छ।

 

राज्मार्गमा चल्ने लामो तथा छोटो दुरीका सवारी साधनका यात्रु तथा सवारी चालक, सहचालक समेतलाई केही समय आराम गर्नको लागी सो Refresh centre को स्थापना गरिएको । साथै राजमार्गमा चल्ने सवारी साधनहरूको गतिमा नियन्त्रण गरी यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नको लागी आजकै मितिबाट time card को समेत सुरुवात गरिएको ।

 

सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपरासी(पूर्व)का प्रमुख भुवनेश्वर तिवारी, उद्योग वाणिज्य संघका पदाधिकारीहरु, यातायात समितिका पदाधिकारीहरु लगायतको उपस्थिती रहेको थियो ।