२०८१ बैशाख ७ , शुक्रवार

संख्यात्मक होइन गुणात्मक अनुगमनमा विभागको जोड

सुनाखरी न्युज / काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक महेश भट्टराईले उपभोक्ता हित संरक्षणका लागिसंख्यात्मक भन्दा गुणात्मक अनुगमन कार्यमा जोड दिएको बताउनुभो । यसका लागि उहाँले सबै संघ संस्था र स्वयम् उपभोक्ताहरुलाई सहकार्यको लागि आह्वान गर्नुभयो ।

 

तराई विकास तथा सञ्चार केन्द्र नेपालले आज तराई विकास तथा सञ्चार केन्द्र नेपालको हलमा आयोजना गरेको चाडपर्वमा हुने बजार अनुगमन तथा शान्ति सुरक्षाको अवस्था विषयक कार्यक्रममा बोल्दै महानिर्देशक भट्टराईलेले सो कुरा बताउनुभएको हो ।भट्टराईले बजार अनुगमनको क्षेत्रमा झण्डै ९२५ सरकारी एजेन्सीहरु सक्रिय भई बजार अनुगमनको कार्यमा जुटेको भएपनि बजार अनुगमन कार्य सन्तोषजनक नरहेको बताउनुभयो ।

 

उहाँले भन्नुभयो, ‘केन्द्रमा ९ वटा विभाग र त्यस अन्र्तगतका संघीय कार्यालयह, ७७ वटा जिल्ला प्रशासन कार्यालय, ७३ वटा इलाका प्रशासन कार्यालय, ७ वटा प्रदेशस्तरीय उपभोक्ता हित संरक्षण निर्देशनालय साथसाथै ७५३ वटा स्थानीय तहहरुले पनि बजार अनुगमन गरिरहेको छ । यसर्थमा ९२५ वटा सरकारी एजेन्सीहरु उपभोक्ताको हक हितमा लागि परेका छन् । यति ठुलो संख्यामा सरकारी एजेन्सीहरु बजार अनुगमन कार्यमा खटिँदा पनि बजार अनुगमन प्रभावकारी हुन सकेको छैन । कुनै पनि उपभोक्ता बजारमा जाँदा ढुक्क हन सक्ने अवस्था छैन । यद्यपि त्यसमा सुधारको प्रक्रियामा हामी छौं ।’उपभोक्ताको हित संरक्षण सरकारी प्रयासले मात्र हुन नसक्ने भन्दै उहाँले उपभोक्ता हित संरक्षणका क्षेत्रमा काम गर्ने सबै संघ संस्था र आम सञ्चार क्षेत्रलाई समेत हातेमालो गर्न आग्रह गर्नुभयो ।

 

पछिल्लो समय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमन कार्यलाई तिव्रता बताउँदै भन्नुभयो, ‘सरदर दैनिक ५० वटा फर्ममा अनगुमन गरिरहेका छौँं भने चालु आर्थिक वर्ष २०७९÷८०मा तीन हजार ५ सय फर्ममा अनुगमन गर्ने योजना बताएका छौं ।’महानिर्देशक भट्टराईले संख्यात्मक भन्दा गुणात्मक अनुगमनमा जोड दिएको औल्याउनुभयो ।उहाँले भन्नुभयो, ‘संयुक्त अनुगमनमा जोड दिएका छौं, जसले खाद्य पदार्थको गुणस्तरीयता मापनका लागि विज्ञसहितको टोली हामीले परिचालन गरेका छौं, गुणस्तरीयता परीक्षण गर्नुपरे सम्बन्धित विभागको सहयोग लिन्छौँ ।’

 

उहाँले व्यापारी तथा व्यवसायीहरुले गल्ती गरेको पाइएमा बन्द गराउने नीति नलिएको तर दण्ड जरिवाना भने गर्ने बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, राष्ट्रिय उपभोक्ता जागरण अभियानका अध्यक्ष कृष्ण प्रसाद भण्डारी, उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिना, अन्नपूर्ण दैनिकका प्रधान सम्पादक अखण्ड भण्डारी लगायत मिडिया क्षेत्रका वरिष्ठ व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।