२०८१ बैशाख ६ , बिहिवार

युनाईटेड क्लवद्धारा सल्लाहकार चयन संगै विभिन्न उपसमितिहरु गठन

सुनाखरी न्युज / पोखरा। युनाईटेड क्लवको नया कार्यसमितिको पहिलो बैठकले क्लवको सल्लाहकार चयन गर्दै विभिन्न उपसमितिहरु गठन गरेको छ । क्लवको हालै सम्पन्न १३ औ साधारण सभा तथा छैठौ अधिवेशनबाट राजु श्रेष्ठको अध्यक्षतामा निर्माण भएको नया कार्यसमितिको पहिलो बैठकले सल्लाहकार चयन संगैै विभिन्न उपसमितिहरु गठन गरेको हो ।

 

बैठकले क्लवका निवर्तमान अध्यक्ष लालकाजी गुरुङ, संस्थापक अध्यक्ष हिमालय बख्रेल, पूर्व अध्यक्ष सुक बहादुर गुरुङ, शुशिलराज पराजुली, क्याप्टेन फत्ते बहादुर गुरुङ, पवित्रा देवी गुरुङ, लिलाधर अधिकारी, रमेश बहादुर कार्की, गोविन्द घिमिरे र श्यामकृष्ण श्रेष्ठलाई सल्लाहकारमा चयन गरेको हो । त्यसैगरी बैठकले विभिन्न उपसमितिहरु गठन गरेको छ । जस अन्तर्गत पर्यटन प्रवद्र्धन उपसमिति संयोजकमा निवर्तमान अध्यक्ष लालकाजी गुरुङ, भौतिक निर्माण उपसमिति संयोजकमा संस्थापक अध्यक्ष हिमालय बख्रेल, सेतीनदी संरक्षण उपसमिति संयोजकमा पूर्व अध्यक्ष सुक बहादुर गुरुङ, विपद ब्यवस्थापन उपसमिति संयोजकमा वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापा, शिक्षा उपसमिति संयोजकमा प्रथम उपाध्यक्ष गणेश तिमिल्सिना, संघ संस्था समन्वय उपसमिति संयोजकमा द्धितिय उपाध्यक्ष शान्त बहादुर थापा, खेलकुद उपसमिति संयोजकमा कार्यसमिति सदस्य सन्तोष कार्की, स्वास्थ्य उपसमिति संयोजकमा कार्यसमिति सदस्य जयराम आचार्य, युवा उपसमिति संयोजकमा कार्यसमिति सदस्य पूर्ण कुमार श्रेष्ठ र महिला उपसमिति संयोजकमा कार्यसमिति सदस्य दीवानी सुवेदीलाई चयन गरेको छ ।

 

क्लवले नेपालीहरुको महान पर्व बिजया दशमीको अवसरमा पोखराको अमरसिंह मा.वि.को खेल मैदानमा परम्परागत पिंङ राख्ने समेत निर्णय गरेको छ । त्यसैगरी क्लवले दिपावलीको अवसर पारी विपद ब्यवस्थापन कोषको सहयोगार्थ देउसीभैलो कार्यक्रम २०७९ को आयोजना गर्न क्लवका सदस्य शिव थापाको संयोजकत्वमा सदस्यहरु चयन गरिएको क्लवका महासचिव दिनेश सुनारले जानकारी दिए ।