२०८० चैत्र १५ , बिहिवार

एनसेलको आकर्षक चाडपर्व योजना ‘होम एन्ड अवे डेटा प्याक’

सुनाखरी न्युज / काठमाडौं । यो चाडपर्वको बेलामा एनसेलका ग्राहकले अब अझ सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्छन् । चाडवाडको बेलामा घरमा रहँदा होस् या बाहिर जहाँ भएपनि पनि डेटा सेवा लिन सकिने गरि एनसेल आजियाटा लिमिटेडले नौलो तथा आकर्षक ‘होम एन्ड अवे डेटा प्याक’ अफर संचालनमा ल्याएको छ ।

 

दशैं, तिहार र छठ पर्वको अवसरमा ल्याईएको यो प्याक प्रयोग गरि ग्राहकले शुभकामना आदानप्रदान, चाडपर्वको उत्साह, उमङ्ग साट्नुका साथै आफ्ना प्रियजन र साथीभाइसँग सम्पर्कमा रहि सहन सक्छन् । ग्राहकले यो प्याकमा कर सहित मात्र रु ५९९ मा ३० जीबी होम डेटा र ३० जीबी अवे डेटा गरि कुल ६० जीबी डेटा पाउँछन् ।

 

यो प्याक एनसेलले बिहीबार (असोज १३) बाट संचालनमा ल्याएको हो । ग्राहकले सजिलै एष्ट्रिक्स१७१२३एष्ट्रिक्स३०ह्यास डायल गरेर यो प्याक किन्न सक्छन् । यसैगरि एनसेल एप र एनसेलको वेबसाइट मार्फत पनि यो प्याक लिन सकिन्छ । प्याकमा पाईने कुल ६० जीबी डेटामा ३० जीबीको होम डेटा ग्राहकले घरमा रहँदा प्रयोग गर्नका लागि पाउँछन् भने ३० जीबीको अवे डेटा घर बाहिर बाहिर जहाँ पनि चलाउन सक्छन् । यो प्याक अन्तर्गत डेटा चलाउनका लागि ग्राहकले जुन स्थानमा रहि यो प्याक सुचारु गर्दछ त्यही स्थानलाई होम लोकेसन मानिन्छ र अन्य स्थानलाई अवे लोकेसन मानिन्छ ।

 

ग्राहकले आफ्नो आवश्यकता अनुसार आफ्नो होम प्याकको स्थान परिवर्तन पनि गर्न सक्छन् र प्याकमा रहेको डेटाबाट फाइदा लिन सक्छन् । यो प्याक सुचारु भएपछि २८ दिनको लागि मान्य रहन्छ । यो डेटा प्याकको विषेशता भनेको प्याकमा रहेको डेटा भोलुम खपत भइसके पछि प्याकको समयावधि रहेसम्म पे एज यू गो (पेजी) दर लागु हुँदैन । होम एण्ड अवे डेटा प्याकमा रहेको डेटा सकिएमा ग्राहकले कुनै पनि अन्य डेटा प्याक खरिद गरि डेटा चलाउन सक्छन् ।

 

डेटा सेवालाई अझै सुलभ बनाउँदै आफ्ना ग्राहकका लागि नेपालमा नै पहिलो पटक यस्तो नौलो तथा आकर्षक प्याक ल्याउन पाएको हर्षित रहेको एनसेलले जनाएको छ । चाडपर्वको अवसरमा ल्याइएको यस प्याकले ग्राहकलाई घर होस् या बाहिर देशको जुनसुकै स्थानमा रहि शुभकामना आदानप्रदान गर्न, चाडवाडका उत्साह तथा उमङ्गहरु साट्न र आफ्ना प्रियजन तथा साथी भाईहरु सँग सहजै सम्पर्क रहि रहन मद्दत गर्दछ ।