२०८१ बैशाख ७ , शुक्रवार

सेयर बजारमा ब्याजदर आतंकको मनोवैज्ञानिक प्रभाव, मंगलबार ३८ अंकले घट्यो नेप्से

सुनाखरी न्युज/ काठमाडौं ।
सेयर बजारमा ब्याजदर आतंकको मनोवैज्ञानिक प्रभाव परेको छ । जसका कारण बजारमा प्यानिक सेल आउनेक्रम अझै पनि जारी छ ।

मंगलबार नेप्से सूचक ३८.८१ अंकले घटेर १८३७.६० विन्दुमा आएको छ । करिब १ अर्ब २२ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सेयर भाउहरु निकै सस्तो भइसक्दा पनि यही ब्याजदर आतंककै कारण बजारले गति लिन नसकेको हो । तरलता अवस्था विस्तारै सहज हुँदै जाने संकेत देखिएका बेला बैंकहरुले मनोमानी ढंगले ब्याजदर वृद्धि गरेका छन् ।

यस्तो परिवेशमा ब्याजदरमा आतंक फैलाएर सेयर बजार घटाउने काम भइरहेको कतिपय लगानीकर्ता र विश्लेषकहरुले आरोप लगाएका छना् । ब्याजदरमा सामान्य वृद्धि हुँदा पनि त्यसैको बाहनामा सेयर बजारमा भने पहिरो जाने गरेको छ । यसकारण लगानीकर्ता विवेकशील हुन आवश्यक छ ।