२०८१ बैशाख ११ , मंगलबार

काठमाडौं उपत्यकामा थप तीन जनामा हैजा पुष्टि

सुनाखरी न्युज/ काठमाडौं –

काठमाडौं उपत्यकामा आज थप तीन जनामा हैजा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार जारी गरेको बुलेटिनअनुसार थप तीन जनामा हैजा देखिएको हो ।

 

योसँगै काठमाडौं उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले तीमध्ये १२ पुरुष र पाँच महिला छन् भने पाँच जनाको उपचार भइरहेको छ ।