२०८१ बैशाख १३ , बिहिवार

सुनको मूल्यमा सामान्य वृद्धि

सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य वृद्धि छ । हिजो सुनको मूल्य प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा दुई सय रुपैयाँले बढेको हो ।

 

बिहिबार सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९८ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार एक ५ रुपैयाँ रहेको छ ।

 

त्यस्तै, आज चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२७० रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला १२८० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।