२०८० चैत्र १५ , बिहिवार

बीबीसी मास्टर शेफहरुद्धारा “मिथिला कुजिन एण्ड रेसिपीज“शीर्षकमा आयोजित “पाटा युवा पर्यटन प्रोफेशनल शेफ प्रतियोगिता सम्पन्न

सुनाखरी न्युज/ जनकपुरधाम । प्यासिफिकएसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले १० अप्रिल २०२२ मा जनकपुरधाममा“मिथिलाकुजिन एण्ड रेसिपीज“शीर्षक अन्तर्गत “पाटा युवा पर्यटन प्रोफेशनल शेफ प्रतियोगिता“आयोजना गरेको छ।

 

प्रतियोगितामापूर्वी नेपाल (प्रदेश १) मा अवस्थित पाटा नेपाल च्याप्टरका सदस्यकलेजहरू– धरान इन्टरनेशनलकलेज अफ हस्पिटालिटी म्यानेजमेन्ट, एलायन्स फर इनोभेसन म्यानेजमेन्ट एन्ड सोसल स्टडीज, सनसाइन स्कुलअफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट, लगायतप्रतियोगितामाप्रिमियर होटल स्कुल, प्रिमियर कलेज अफ हस्पिटालिटी म्यानेजमेन्ट र आदर्श स्कुलअफम्यानेजमेन्ट मा अध्ययनरत २१ युवाहोटेल म्यानेजमेन्ट विद्यार्थीहरू को सहभागिता रहेको थियो ।

 

विद्यार्थीहरूले प्रतियोगिताको निर्णायक मण्डल को भूमिकामा रहनु भएकाबीबीसी मास्टरशेफहरु सन्तोष शाह, एलेक्स वेब, बार्ट भान डर ली र फिलिपाआर्मिटेज समक्ष मौलिकमिथिलाखानाहरू प्रश्तुतिकरण गरे । मास्टर शेफहरुले विद्यार्थीहरूले प्रदर्शन गरेको पाककला, मिथिलाखाना र प्रस्तुतीकरण सीपहरूको मूल्याङ्कनगर्दै प्रशंसा समेत गरे ।

 

प्रिमियर कलेज अफ हस्पिटालिटी म्यानेजमेन्ट बाट समीक्षाकार्की, विशालफुयाँल र हिमानीधिमाल पाटा युवा पर्यटन प्रोफेशनल शेफ प्रतियोगिताको विजेता घोषित भए।त्यसैगरी, प्रिमियर होटल स्कूल का राहुलधमला, सन्देश चौलागाई, सुमी गुर्मचन मगर र लक्ष्मी मगर को टोलीप्रथमउपबिजेता र सनसाइन स्कूलअफ टुरिज्म एण्ड होटल म्यानेजमेन्ट बाट अस्मिता शेर्पा, राजिनप्रधान र सागर लामा को टोलीप्रतियोगिताको दोस्रो उपबिजेता घोषित भए । पुरस्कार वितरण समारोहलाई सम्बोधनगर्दै शेफ सन्तोष शाहले युवाविद्यार्थीहरूले देखाएको जोश, तयारी र नवीन सोचबाट आफू निकै प्रभावितभएको बताए र पर्यटन तथाआतिथ्यताउद्योगको भावी शेफ बन्नचाहने सहभागीविद्यार्थीहरूलाई आफ्नै संघर्ष र सफलताको कथामार्फत प्रेरित समेत गर्नुभयो।

 

कार्यक्रमको समापनगर्दै पाटा नेपाल च्याप्टरका कार्यकारी समिति सदस्य सुनिल भुसालले कार्यक्रमलाई सफल बनाउन जनकपुरधामका सबै सहभागीकलेजहरू, प्रायोजकहरू र स्थानीयआयोजकहरूलाई सक्रिय सहभागिता र सहयोगको लागिधन्यवाद ज्ञापन गर्नुभयो।