२०७९ मंसिर १४ , बुधवार

‘थिरिमाली’ को गीतमा स्वस्तिमाको आइटम’ नृत्यको प्रशंसा

सुनाखरी न्युज / अभिनेत्री स्वस्तिमा खड्काको आइटम नृत्य रहेको मलयालम फिल्म हो, ‘थिरिमाली’ । अभिनेता माओत्से गुरुङको समेत मुख्य भूमिका रहेको फिल्म भारतमा रिलिज भएको छ । अभिनेत्री स्वस्तिमा खड्काले पहिलो पटक साउथ ९मलयालम० फिल्म ‘थिरिमाली’ मा अभिनय गर्न लागेको खबर सार्वजनिक हुँदा धेरैमा उनको भूमिकालाई लिएर कौतुहलता जागेको थियो । उनले साउथ फिल्ममा नेपाली अभिनेत्रीका लागि बाटो खोल्ने अपेक्षा धेरैको थियो ।

तर, केही दिनअघि सार्वजनिक भएको टिजरले फिल्ममा उनी आइटम गर्लको रुपमा प्रस्तुत भएको रहस्य खोल्यो ।अभिनेता गुरुङले सामाजिक संजाल मार्फत फिल्म बिहिबारबाट भारतमा रिलिज भएको जानकारी दिएका हुन् । फिल्म केरलाका दर्शकले हेर्न सक्ने उनले बताएका छन् ।

केही दिन अगाडि स्वस्तिमाको आइटम रिलिज भएको थियो । आइटममा नेपाललाई गलत तरिकाले चित्रण गर्ने गीतमा नाचेको भन्दै स्वस्तिमाको आलोचना भइरहेको छ ।

गीतमा निर्माण युनिटले अभिनेत्री अदीति बुढाथोकी र जसिता गुरुङको तस्बिर समेत देखिएको थियो । भिडियो विवाद भएपछि फोटो भने अहिले हटाइएको छ ।केरलाबाट नेपाल आउने तीन पात्रको कथामा निर्माण भएको फिल्म काठमाडौँ, पोखरा र मुस्ताङमा छायांकन भएको छ ।