२०७९ मंसिर १४ , बुधवार

धर्मस्थली प्रवेशद्वार शिलान्यास

सुनाखरी न्युज/ काठमाडौं – तारकेश्वर नगरपालिका वडा नम्बर ६ स्थित धर्मस्थली बजार जाने बाटोमा प्रवेशद्वार निर्माण हुने भएको छ । धर्मस्थली प्रवेशद्वारको आज शिलान्यास गरिएको हो ।

प्रवेशद्वारको तारकेश्वर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष मधु कार्की र उपभोक्ता समितिका अध्यक्ष सानुबाबु बिन्दुकारले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । शिलान्यास समारोहमा समाजसेवी, जनप्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो । प्रवेशद्वार निर्माणका लागि तारकेश्वर नगरपालिकाले बजेट विनियोजित गरेको धर्मस्थली प्रवेशद्वार निर्माण समितिले जनाएको छ ।