२०७९ मंसिर २२ , बिहिवार

नेपाली बजारमा शाओमी रेडमी नोट ११, मूल्य २३ हजार

सुनाखरी न्युज/ काठमाडौं – ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी नोट ११ नेपाली बजारमा ल्याएको छ ।

 

फ्ल्यागसिप क्यामेराको अनुभव अझ निखार्नका लागि रेड मि नोट ११ मा ५० मेगा पिक्सेल मेन क्यामेरा, ८ एमपी अल्ट्रा–वाइड क्यामेरा, २ एमपी म्याक्रो क्यामेरा र २ एमपी डेप्थ क्यामेरासहित आएको कम्पनीले जनाएको छ । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले फ्ल्यागसिप लेभल ६ एनएमसहितको स्न्याप्ड्र्यागन ६८० को प्रोसेसर भएको यो फोनले उत्कृष्ट पर्फर्मेन्स गर्नुका साथै ब्याट्री पनि टिकाउ हुने बताए । यसमा ५ हजार एमएएचको ब्याट्री रहेको छ ।

 

रेडमी नोट ११ ग्राफाइट ग्रे, ट्वाइलाइट ब्लू, स्टार ब्लमा अथोराइज्ड मी स्टोर, अनलाइन र रिटेल पार्टनरहरू १३ माघ २०७८ बाट उपलब्ध हुने कम्पनीले जनाएको छ । ४ जीबी + ६४ जीबी भएको यो फोनको मूल्य २३ हजार र ४ जीबी + १२८ जीबी भएको फोनको मूल्य २५ हजार, ६ जीबी+ १२८ जीबी भएको फोनको मूल्य २७ हजार रहेको कम्पनीले जनाएको छ ।