२०७९ मंसिर १४ , बुधवार

अनलाईन हाजिरीजवाफ प्रतियोगिताको लागि आवेदनको घोषणा

सुनाखरी न्युज/ काठमाडौं – ग्लोकल आफ्टर स्कुलले अपेक्स“Apex”कलेजको सहकार्यमा Knowledge Maestro- Online Live Quiz एक दिने अनलाईन हाजिरी जवाफ प्रतियोगता आयोजना गर्न लागेको छ। प्रतियोगितामा १६– २४ बर्षका युवावर्गहरुले निशुल्क प्रतिस्प्रदा गर्ने छन र यस प्रतियोगिता युवाहरुको बौद्धिक क्षमतालाई विकास गराउने हिसाबले तयार गरिएको प्रतियोगिता हो ।

 

 

विगतका दिनहरूमा Knowledge Maestro को ४ संस्करणहरू सफलता पूर्वक आयोजना गरिएको थियो । यस प्रतियोगिता फेब्रुअरी १२ तारिकका दिनएकल राउण्डमा सन्चालन गरिनेछ।प्रतियोगिता २ फरक बिधामा सन्चालन हुनेछ जस अन्तर्गत आइटी तथा व्यापार एवम पर्यटन र आतिथ्य सम्बन्धी प्रश्नहरु सोधिनेछ। दुबै बिधामा आवेदन खुलेको कुरा आयोजकले जानकारी दिनु भएको छर दुबै बिधा प्रतियोगिताका बिजेता, पहिलो रनर अपर दोस्रो रनर अपलाई क्रमशःरु १५,०००, रु १०,०००रु ५,०००नगद पुरस्कार प्रदान गरिनेछ ।

 

प्रतिस्पर्धा मापदण्ड :
– प्रतियोगी १६ देखि २४ वर्ष उमेर समुहको हुनु पर्नेछ ।
– सबै प्रतियोगी संग २ उपकरण हुनुपर्नेछ (प्राथमिकतास् ल्यापटप, मोबाइल)
– सहभागीहरू सँग नेटवर्क जडान हुनुपर्दछ र यदि क्विजमा इन्टरनेटको कारणले कुनै विच्छेद भयो भने ग्लोकल जिम्मेवार हुनेछैन ।

प्रतियोगिताका लागि आवेदन खुलेको छ र यसका लागि इच्छुक प्रतियोगीहरुले https://glocalafterschool.com/knowledge-maestro-2022 मा दर्ता गराउनू पर्ने छ ।आइटी तथा व्यापार एवम पर्यटन र आतिथ्य बिधाकोआवेदनभर्ने अन्तिम मिती क्रमशःफेब्रुअरी ११तथा १०निर्धारणा गरिएको छ । प्रतियोगिताको बारेमाअधिकप्रश्नहरूको लागि, कृपया सम्पर्क गर्नुहोस : सरु प्याकुरेल,९८०७४४०८९५