२०७९ मंसिर २२ , बिहिवार

सुनको मूल्य आज तोलामा पाँच सयले बढ्यो

सुनाखरी न्युज/ काठमाडौं – नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । हिजो सुनको मूल्य प्रतितोला ९३ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा पाँच सयले बढेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार पाँच सय रुपैयाँ कायम गरिएको छ । त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १३१५ मा कारोबार भएकोमा आज घटेर प्रतितोला १३ सय रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।