२०७९ मंसिर १४ , बुधवार

आज २३ लाख ४० हजार डोज कोभिड विरुद्धको मोडर्ना खोप नेपाल आउँदै

सुनाखरी न्युज/ काठमाडौं – कोरोना भाइरस विरुद्ध बालबालिकाले लगाउने २३ लाख ४० हजार डोज मोडर्नाको खोप नेपाल आउँदैछ।

 

स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको आपूर्ति शाखाका प्रमुख सुरेन्द्र चौरासियाका अनुसार मंगलबार २३ लाख ४० हजार डोज खोप नेपाल आउँदैछ। उनका यो खोप सरकारले विश्व बैंकको सपोर्टमा खरिद गरेको चौरासियाको भनाइ छ। चौरासियाका अनुसार खोपसँगै सिरिञ्ज भने ल्याइएको छैन। उक्त खोपका लागि आवश्यक पर्ने सिरिञ्जको व्यवस्था सरकारले आफैं गर्नेछ।