२०७९ मंसिर २४ , शनिवार

शेयर बजारमा एकै दिन १००.१० अंकको गिरावट, के हो बजार घट्नुको कारण ?

सुनाखरी न्युज/ काठमाडौं ।
शेयर बजारमा यो साताको दोस्रो दिन शोमबार उच्च गिरावट आएको छ । राजनीतिक अस्थिरता र कोरोना संक्रमणको उच्च जोखिमका कारण खस्कँदो अर्थतन्त्रका कारण बजार ओरालोलागेको बिश्लेषकहरुको अनुमान छ ।
शोमबार बजार १०० दशमलव १० अंकले घटेर २ हजार ८ सय २० दशमलव ४१ मा झरेको छ । यसदिन करोबार भएका सवै समूहको परिसूचकमा उच्च गिरावट आएको छ । यसदिन करोबार रकम भने बढेको छ ।