२०७९ मंसिर २२ , बिहिवार

हिमालय एअरलाइन्स् नेपाली एअरलाइन्सहरु मध्ये सर्वप्रथम आइ.एस.ओ प्रमाणिकरण प्राप्त गर्न सफल

सुनाखरी न्युज/ काठमाडौं – नेपाल– चीन संयुक्त लगानी निजी क्षेत्रको हवाई कम्पनी–हिमालय एअरलाइन्स् नेपालमै सर्वप्रथम आइ.एस.ओ ९००१:२०१५; गुणस्तरीय व्यवस्थापन प्रणालीबाट प्रमाणिकरण हुन सफल भएको छ ।

 

एअरलाइन्स्लाई सोको स्तरीय व्यवस्थापन प्रणाली, जुनआइ.एस.ओ ९००१:२०१५ का मापदण्ड अनुरुप व्यवस्थित भएकै कारण आइ.एस.ओ ९००१:२०१५ बाट प्रमाणिकरण गर्दै गत डिसेम्बर २९, २०२१ मै सम्मानित गरिएको थियो । एअरलाइन्स्ले हवाई यात्रा गर्ने यात्रुहरु तथा हवाई परिवहन सम्बन्धी स्तरीय सेवा र उड्डयन क्षेत्रसँग सम्बन्धित विविध तालीम लगायतका गुणस्तरीय सेवा प्रणाली ब्यवस्था गरे वापत उक्त प्रमाणिकरण प्राप्त गरेको हो । स्मरणीय छ,हिमालय एअरलाइन्स्ले यसपूर्व अर्थात् अगस्त २०२०मै हवाई जहाज मर्मत–सम्भार तथा उड्डयन सम्बन्धी इन्जिनियरिङ्ग सेवा वापत आइ.एस.ओ बाट प्रमाणिकरण हुने सौभाग्य प्राप्त गरिसकेको थियो ।

 

आइ.एस.ओ ९००१:२०१५ विश्वव्यापी रुपमै मान्यता प्राप्त स्तरिय व्यवस्थापन प्रणाली अर्थात् व्यवस्थापनका लागि अन्तराष्ट्रिय मानकीकरण संगठन (ISO)द्वारा प्रतिपादित र प्रकाशित एक प्रभावशाली मानक हो, जसबाट प्रमाणित संस्थाले प्रदान गर्ने वस्तु वा सेवाले स्तरीय व्यवस्थापनका माध्यमबाट आफ्ना ग्राहकहरुको आवश्यकता सन्तोषजनक रुपमा परिपूर्ति गर्ने गर्दछन् । आइ.एस.ओ ९००१:२०१५ प्रमाण–पत्र नं + 20057/A/0001/UK/En संयुक्त अधिराज्य स्थित ‘युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स्’ र ‘युनाइटेड किङ्गडम एक्रिडिटेसन सर्भिस (UKAS)द्वारा हिमालय एअरलाइन्स्लाई प्रदान गरिएको थियो । व्यवस्थापन प्रक्रियाका सुक्ष्म आयामहरु, मापदण्डहरु पूरा गर्दै हिमालयले सफलतापूर्वक परिक्षणका सबै प्रक्रियाहरु पूरा गरेको र कम्पनीको समग्रव्य वस्थापन प्रणाली बैधानिक एवम् नियामकता सम्बन्धी महत्वपूर्ण सबै मापदण्ड अनुरुप भएका प्रमाणित गर्दै एअरलाइन्स्ले यो प्रमाणिकरण प्राप्त गरेको हो ।

 

आफ्नो व्यवस्थापकीय समूहलाई बधाई ज्ञापन गर्दै हिमालय एअरलाइन्स्का अध्यक्ष झोएन्योङ्गले हिमालयका लागि आइ.एस.ओ ९००१:२०१५ प्रमाणीकरण प्राप्त गर्नु अत्यन्तै गर्वको अवसर हुनुका साथै सबैको सामूहिक प्रयासको उत्कृष्ट प्रतिफल भएको उहाँले बताउनु भयो । आफ्ना कम्पनीका लागि यो एक निरन्तर प्रक्रिया रहेको र आगामी दिनमा पनि व्यवस्थापनलाई अझै परिस्कृत पार्ने, सेवाका स्तरहरु उकास्ने र आवश्यक सबै नीति–नियमहरुको उचित अनुपालन गर्दै स्तरीय व्यवस्थापनमा अझै जोडका साथ लागि पर्ने प्रतिवद्धत्ता समेत उहाँले दोहोयाउनुभयो । हिमालय एअरलाइन्स्का उपाध्यक्ष विजय श्रेष्ठले हिमालय व्यवस्थापन टोलीका लागि यो वास्तवमै एक उल्लेखनीय उपलब्धी भएको बताउनु भयो । कम्पनीका सबै तहमा उच्चस्तरको कार्य प्रणाली अपनाउँदै,तिनलाई कायम राख्दै सम्बद्ध सबैको संयुक्त योगदान र प्रयासबाट हिमालयले आइ.एस.ओ. प्रमाण पत्र प्राप्तग र्न सफल रहेको उहाँले बताउनुभयो । यसले हिमालयको उच्चस्तरको कार्य क्षमतातथाकार्य प्रणालीको प्रदर्शन गर्दै स्तरिय व्यवस्थापन प्रतिको आफ्नो निरन्तर प्रतिबद्धत्तालाई पुष्टि गरेको समेत उहाँले बताउनुभयो ।