२०७९ मंसिर १४ , बुधवार

नेपालमा भाईरस संक्रमितमध्ये ८८ प्रतिशतलाई ओमिक्रोन भेरियन्ट भएको पुष्टि

सुनाखरी न्युज/ काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका अनुसार आइतबार दिएको जानकारी अनुसार संक्रमितमध्ये ८८ प्रतिशतलाई ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको हो।

 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पछिल्लोपटक गरिएको जिन सिक्वेन्सिङ गर्दा ८८ प्रतिशतलाई ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको मन्त्रालयका सह-प्रवक्ता डा. समीर अधिकारीले जानकारी दिए । ३२ वटा नमुनाको जिन सिक्वेन्सिङ गर्दा २८ जनामा ओमिक्रोन देखिँदा चार वटामा भने डेल्टा भेरियन्ट रहेको अधिकारीले जानकारीले बताए।‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा संक्रमितमध्ये ३२ नमुनाको जिन सिक्वेन्सिङ गर्दा २८ नमूनामा ओमिक्रोन संक्रमण देखिएको छ। बाँकी चारमा डेल्टा भेरियन्ट देखिएको छ ।