२०७९ मंसिर १४ , बुधवार

घट्यो सुनचाँदीको भाउ

सुनाखरी न्युज/ काठमाडौं – लगातार बढिरहेको सुनको भाउ साताको पहिलो कारोबार दिन आइतबार ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ ३०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९३ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार रुपैयाँ कायम भएको छ।

 

गत शुक्रबार सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९३ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १ हजार ३२५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार १० रुपैयाँले बढेर १ हजार ३२५ रुपैयाँमा किनबेच भएको थियो।